ओम नर्सिङ होमको सघन कक्षभित्र कृत्रिम श्वास दिएर राखिएका अतुल गौतमको स्वास्थ्यबारे जानकारी दिंदै डाक्टरले भने– ´अब त चमत्कारै हुनुपर्छ।´ हामी चमत्कारकै प्रतीक्षामा थियौं। अतुलले अब आँखा खोल्लान्, आफैं सास फेर्लान् र जुरुक्क उठेर भन्लान्, ´हैन दाइ ´कन्सर्ट´को तयारी गर्ने होइन?´ उनको आध्यात्मिक स्वभाव, धर्मप्रतिको अगाध आस्था र शात्विक जीवन शैलीले हामीलाई घरिघरि डाक्टरको चिकित्साशास्त्रीय विश्वासमा अविश्वास गर्न प्रेरित गरिरहेको थियो। विश्वास र अविश्वासको घम्साघम्सी पाँच दिन चल्यो। अन्त्यमा हामी पराजित भयौं। अतुललाई निष्ठुरी कालको बाहुपासबाट थुतेर ल्याउन न आधुनिक चिकित्सा सफल भयो, न हाम्रो आध्यात्मिक आस्था। शायद चमत्कार सिनेमा र साहित्यकै पेवा बनिसकेछ?
Read Full ArticleSukarma travelling to France, Germany and Switzerland
Three members team of Sukarma travelling to France, Germany and Switzerland from 1 June to 30 June 2018. The team comprises Dr. Dhrubesh Chandra Regmi in Sitar, Umesh Pandit in Flute and Manoj Gautam in Tabla.
Read Full Article